![]() |
मधेसी पत्रकार संघ सप्तरीले आज बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘हाम्रो प्राइम माग भनेको सीमांकन नै हो’, अध्यक्ष यादवले भने, ‘यो सँगै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशिता, नागरिकता, पहिचान र भाषिक अधिकार पनि सुरक्षित हुनुपर्यो ।’
मधेसी मोर्चाले गैर नेपाली नागरिकलाई नागरिकता दिने भनि कहिल्यै नभनेको बताउँदै अध्यक्ष यादवले भने, ‘हाम्रो प्रमुख मुद्दा सीमांकन भएकोले मधेसका भूमि र मधेसीको भूमिलाई मधेस प्रदेशमै राख्नुपर्छ, र यो मधेसमा बस्ने सबैको नैसर्गिक अधिकार हो ।’ तर मधेसको भूमिलाई विगतमा काटेर जसरी सीमांकन गरियो त्यो आफूहरुलाई कहिल्यै पनि मान्य नहुने अध्यक्ष यादवको भनाइ छ ।
‘आज हुने सरकार र मोर्चाबीचको वार्ता निर्णायक होस् भनि हामी आशावादी छौं,' पत्रकारहरुको जिज्ञासामा अध्यक्ष यादवले भने, ‘हामी मधेस झर्न वित्तिकै हाम्रो आन्दोलनलाई तुहाउने दृष्टिकोणले तुरुन्त काठमाडौं बोलाउने काम भइरहेको छ, वार्तामा बसेको बेला खै के माग हो भनेर पटक–पटक जिस्काउने काम मात्रै भइरहेको छ, त्यसैले अब वार्तामा मोर्चा आबद्ध अध्यक्षहरुको जरुरी छैन, हाम्रा वार्ता टोलीसित सरकारले निर्णायक वार्ता गर्यो भने पुग्छ ।’
सरकारले तराई मधेसस्थित पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा लागु गरेको विशेष सुरक्षा योजना आन्दोलनलाई दबाउन भएको टिप्पणी अध्यक्ष यादवले गरे । ‘सुरक्षा योजना त नागरिकको सुरक्षाका लागि हुन्छ, शान्तिपूर्ण आन्दोलनमा रहेका नागरिकमाथि सिधै गोली ठोक्नु हुँदैन, तर गोली ठोक्नका लागि नै विशेष सुरक्षा दमन योजना सरकारले ल्याएको हो,' अध्यक्ष यादवले भने ।
मधेसी समुदायको आन्दोलनलाई भारतसँग जोडेर सरकारले गलत गरिरहेको बताउँदै उनले भने, ‘जब जब ब्ल्याकमेलिङको फोरेन पोलिटिक्स नेपाल गयो, तब नेपाललाई दुदर्शा भोग्नुपरेको सत्य उदाहरण हामी कहाँ छ, त्यसैले चीनलाई जित्न भारतसित ब्ल्याकमेलिङ र भारतलाई जित्न चीनसित ब्ल्याकमेलिङ गर्ने काम तुरुन्त रोक्नुपर्छ, हामीले सबै छिमेकीसित समान व्यवहार गर्नु नै राम्रो फोरेन पोलिटिक्स हुनेछ ।’
![]() |
Post a Comment