![]() |
मस्को–अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठनबन्धन सेनाले सिरियाको देर अल जोर प्रान्तमा बसर अल असद सरकार समर्थक सेनामाथि आक्रमण गरेको छ। सो आक्रमणमा चार सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
सो आक्रमणमा १३ सैनिक घाइते भएका छन्। स्रोतका अनुसार सो आक्रमणमा सेनाको औषधि भण्डा र केही हतियार नष्ट भउका छन्। गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेटको प्रभाव रहेको इलाकामा मात्र आक्रमण गर्दै आएको थियो। तर उसले पहिलो पटक आइतबार साँझ पूर्वी प्रान्तमा सिरियाई सेनाको मुख्यालयमा बमबारी गरेको हो।
सिरियाली सेनाले सो आक्रमणको पुष्टि गरेको छैन। सिरियाका राष्ट्रपति बसर अल असदले गठबन्धन सेनामा फ्रान्स र वेलायत सहभागी भएको प्रति गम्भीर आपत्ति जनाएका छन्। यसैबीच हिजोमात्र सिरियामा आइएसको मुख्यालयमा भीषण आक्रमण गरिएको थियो। सो आक्रमणमा ३० जना संदिग्धको मृत्यु भएको संचारमाध्यमले उल्लेख गरेका छन्। सिरियन अबजर्वेटरी फर ह्यूमन राइट्सका अनुसार रुसले आइएसलाई निसाना बनाउँदै पालमायरा शहरमा ४५ भन्दा बढी हवाइ आक्रमण गरिसकेको छ।
![]() |

Post a Comment