पुस ३, २०७२- सप्तकोसी नदीमा पाँचवर्ष भित्र नयाँ ब्यारेज निर्माण हुने भएको छ । सिंचाई मन्त्रालयले नयाँ ब्यारेज निर्माणका लागि बिस्तृत अध्ययन सर्बेक्षण सुरु गरेको छ । ब्यारेज निर्माणका विषयमा भईरहेको अध्ययनको प्रगतीवारे जानकारी लिन सुनसरीको चतरा पुगेका सिंचाइमन्त्री उमेश यादबले आज विराटनगरमा संचारकर्मीसित कुरा गर्दे सुनसरी र मोरङ सहित सप्तरी, सिरहा र उदयपुर जिल्लाका खेतमा सिंचाई सुबिधा पुर्याउने उदेश्यले नयाँ ब्यारेज निर्माणको काम अगाडि बढाईएको बताए । कुल ८ अर्बको लगानीमा व्यारेज निर्माण गरिने भएको छ ।
Post a Comment