पुस १४, लामो समय देखि जारी नाकाको अवरोध पुस १९ गतेपछि हट्ने तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संकेत दिएका छन् ।

रिपोर्टस क्लवको ज्ञापन पत्र बुझ्दै मंगलबार अध्यक्ष ठाकुरले मोर्चाको आन्दोलन बारे भावी रणनीति तय गर्दा नाकाको अवरोध हटाउने विषयमा छलफल गर्ने बताएका हुन् । अध्यक्ष ठाकुरले सरकारले वार्ताबाट समस्या समाधान गर्न चासो नदेखाएको संसदमा पनि आवाज नसुनिएको र सडकमा समेत बस्न नदिएको आरोप लगाएका छन् ।

ठाकुरले संसद र सडकबाट पनि आफ्ना आवाज उठाएको बताउँदै सरकार गम्भीर नदेखिएको र आगामी कार्यक्रमबारे मोर्चाको छलफलमा नाकामा गरिने अवरोध हटाउने बारेमा कुरा गर्ने बताएका हुन् । नाकामा गरिएको अवरोध हटाउनेबारे छलफल गर्ने र १९ गते पछिको कार्यक्रम तय गर्दा यसबारेमा कुरा गर्ने समेत ठाकुरले जनाए ।

Post a Comment

 
Top