![]() |
भट्टराईले जवाफ दिएका थिए, ‘पहिले तपाईंको प्रधानमन्त्रीलाई सोध्नुस, किन भारतले नेपालबाट गोर्खा भर्ती लिँदा मधेसीलाई स्वीकार्दैन ?’
प्रधानमन्त्री भट्टराईले डेढ दशकअघि दिएको उक्त जवाफ आज पनि त्यत्तिकै ज्वलन्त छ । भारतले नेपालको संविधान समावेशी नभएको आरोपका साथ सीमाक्षेत्रमा नाकाबन्दी लगाइरहेका बेला नेपालमा उसको सैन्य भर्ती प्रश्नको घेरामा परेको हो । नेपाली सेनामा अहिले मधेसीलाई भर्ती खुल्ला छ । तर, भारतीय सेनामा अझै बन्देज छ ।
नाकाबन्दीकै बीचमा मंसिर २२ देखि २६ सम्मको म्याद राखेर भारतले नेपालमा गोर्खा भर्ती खोल्यो । १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर समुहका एसएलसी पास भएका नेपालीहरुको आह्वान गर्दै पोखराको बैदाम प्रहरी ग्राउन्डमा भारतीय सेनाको भर्ती खोलिएको थियो । सूचनामा फलानो बाहेकका जातिले भनेर उल्लेख छैन । तर, व्यवहारिक रुपमा एकजना मधेसीको पनि दरखास्त त्यहाँ स्वीकार गरिएन ।
![]() |
Post a Comment