१७ मंसिर, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले दुई देशबीचको असमझदारी हटाउन भारत भ्रमण सफल भएको बताएका छन् । तीन दिने भारत भ्रमण पूरा गरी विहीबार स्वदेश फर्किएका उपप्रधानमन्त्री थापाले अब छिट्टै परिस्थिति सहज हुने दाबी गरे ।
‘भारतीय अधिकारीसँग खुला बहस भएको छ,’ थापाले भने, ‘स्थिति सहज हुन्छ, परिणामको प्रतिक्षा गरौं ।’
कतिपय विषयहरु संवेदनशील भएको भन्दै उनले ‘अहिले यत्ति नै भनौं’ भन्दै थप खुलाउन चाहेनन् ।
थापासँगै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि काठमाडौं फर्किएका छन् । भुटानी राजदूतको समेत जिम्मेवारी सम्हालेका उपाध्याय भुटानमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन जाने क्रममा काठमाडौंमा केहिबेर ओर्लिएका हुन् ।

Post a Comment

 
Top