कण्डम प्रयोग गरी सहवास गर्दा सन्तुष्टि नै हुँदैन । श्रीमतीले पनि अप्ठ्यारो महसुस गर्छिन् । तसर्थ कण्डम प्रयोगबाट बढी यौन सन्तुष्टि कसरी लिन सकिन्छ ? यौनसम्पर्क अघि एक अर्कालाई उत्तेजित पार्न गरिने यौनक्रिडा गरेर असजिलोपन कम गर्न सकिन्छ तर यदि तपाई अन्य साधनको छनोट गर्न चाहानुहुन्छ भने स्वास्थ्कर्मी वा चिकित्सकसँग परामर्श लिएर यसो गर्न सक्नुहुन्छ । के पुरुषले कण्डम प्रयोग गरी सम्भोग गर्दा महिलाको योनि दुख्ने वा पोल्ने गर्छ ? प्रायः महिलालाई सम्भोगको इच्छा नभएको वेलामा योनिरसको अभाव हुने भएकोले योनि सुख्खा हुने र यस्तोअवस्थामा कण्डम अवस्थामा कण्डम पनि सुख्खा नै प्रयोग गरी सम्भोग गरेमा घर्षणका बेला महिलालाई पीडा हुने र सम्भोगपछि पनि योनि पोल्नेर टट्याउने समस्या हुनसक्छ । सामान्यतया कण्डममा चिल्लो पदार्थ राखिएको हुनेहुँदा नदुख्न वा कम दुख्न सक्छ । त्यसैगरी सम्भोग अगाडिको यौनक्रीडा गरी महिलालाई उत्तेजित गराएमा योनिरस रसाएपछि र बढी चिप्लोखालको कण्डम प्रयोग गरी सम्भोग गरेमा यो समस्या रहँदैन । -

Post a Comment

 
Top