![]() |
सांसदहरुले नेपाल विषय गम्भीर भएको बताएपछि त्यसलाई 'सर्ट टर्म ड्युरेसन शेषनमा' लाने निर्णय भएको छ। सो सत्रमा कम्तिमा ३ घन्टासम्म बहस हुनेछ।
जनता दलका सांसद पवनकुमार बर्माले नेपालको स्थितिबारे ध्यानाकर्षण प्रस्ताव दर्ता गराएपछि माथिल्लो सदनमा नेपालबारे छलफल भएको हो। संसदमा उपस्थित भएकी विदेशमन्त्री स्वराजले आफ्नो लिखित वक्तव्य पढेर सुनाउन खोजेकी थिइन्। उनलाई उपसभापतिले राकेर लिखित वक्तव्य सांसदहरुको हातमा पुगिसकेकाले सिधै प्रश्न उत्तरमा जान भनेका थिए।
'त्यसो भए यो पढे सरह भयो', स्वराजले संसदमा भनिन्।
ध्यानाकर्षण प्रस्तावक जीडीयुका सांसद पवनकुमार बर्माले नेपालमा इन्धन, ग्यास तथा खाद्य सामग्री भएको र नेपालको अवस्था संकटपूर्ण हुनुमा भारतीय कुटनीति जिम्मेवार रहेको बताएका थिए। भारत सरकारको व्यवहारका राेटीबेटीको सम्बन्ध भएको नेपाल चीनसँग नजिक हुने अवस्थामा पुगेको उनले अाैल्याएका थिए। उनले विदेशमन्त्री स्वराजलाई ८ वटा प्रश्न राख्न अनुमति मागेका थिए। तीन वटा प्रश्न सोधेपछि बैठकको सभापतित्व गरिरहेका उपसभापतिले उनलाई थप बाेल्न दिएनन्।
त्यसपछि विदेशमन्त्री स्वराजले बीचमै उठेर यो विषय तीन–तीन मिनेट बहस गरेर सकिने विषय नभएको भन्दै बृहत् छलफल गर्न सकिने बताएकी थिइन्।
'म सांसदहरुको भावनाको कदर गर्छु। छोटो बाटोबाट छलफल गर्ने भए आजै रातिसम्म बसेर बहस गरौं। म भोलि जवाफ दिन्छु। अथवा अर्को हप्ता दिन्छु। कसरी गर्ने हो गरौं', स्वराजले भनिन्। उनको अभिव्यक्तिपछि नेपाल–भारत सम्बन्धमाथिको सो छलफल तत्काल स्थगित गर्ने निर्णय भएको थियो।
अब सो विषयमाथि तीन घन्टाको बृहद् छलफल हुनेछ। त्यसपछि विदेशमन्त्री स्वराजले सांसदहरुले उठाएका सवालको जवाफ दिनेछिन्।सांसदहरुले नेपालकाे स्थिति गम्भीर भएकाे भन्दै यसलाई छिटो बहस गर्नुपर्ने बताएका थिए।
![]() |
Post a Comment