![]() |
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग हुने वार्तामा दोस्रो तहका नेताहरुलाई पठाउने निर्णय गरेर मोर्चाका नेताहरु भने मधेस झरेका छन् ।
मधेसी मोर्चाका शीर्ष नेताहरु अहिले मधेसमा छन् । आज ढल्केबरमा र भोली सर्लाहीमा उनीहरुको जनसभा छ । लालबाबु राउतको नेतृत्वमा दोस्रो तहका नेताहरु वार्तामा पठाउने मोर्चाको तयारी थियो । दोस्रो तहका नेताहरुसितको वार्ता निणर्ायक हुन नसक्ने सरकारी पक्षको बुझाइ छ ।
प्रमुख तीन दलबीच साझा धारणा बनाएर मात्र अर्को बैठक डाकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
साझा धारणा बनाउनका लागि बिहीबार बिहान तीन दलको वैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अनलाइनखबरलाई जानकारी दिए । ‘दुवै पक्षको तयारी नपुगेकाले आजको वार्ता स्थगित भएको छ’-उनले भने ।
![]() |
Post a Comment