सुनसरी, मंसिर २६ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतको अघोषित नाकाबन्दीविरुद्ध कार्यकर्ता परिचालन गरी प्रतिबाद गर्ने चेतावनी दिएका छन् ।

सुनसरीको इटहरीमा शनिबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले भारतले नेपालको जलस्रोतमाथि आँखा गाडेर नाकाबन्दी लगाएको आरोप पनि लगाए ।

‘कोसी, कर्णाली, सेती र अरुण नदी आफ्नो पक्षमा पार्न भारतले नेपालमाथि हस्तक्षेपकारी भूमिका खेलेर मधेस आन्दोलन सफल बनाउन नाकाबन्दी गरेको’ गजुरेलको दाबी थियो ।

उनले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्न पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिए ।

Post a Comment

 
Top