![]() |
नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा बस्ने नेपालीहरु पनि नेपाली हुनुमा गौरव गर्ने भएकाले मधेसीहरु पनि नेपाली भएकामा कुनै शङ्का नभएको बताउनुभएको छ ।
साँखुको भगवती उच्च माविमा पुरस्कार वितरण एवम् सम्मान कार्यक्रमको सम्बोधन गर्दै उहाँले मधेस आन्दोलनको दौरानमा भर्खरै जारी गरिएको नयाँ संविधानको विषयमा भ्रम फैलाइएको बताउनुभयो ।
नेता नेपालले संविधान पढिसकेपछि बुझिसकेपछि मधेसमा फैलाइएको भ्रम हट्ने दाबी गर्दै छिमेकी मुलुकले पनि यो विषय बुझिसकेकाले मधेसका नेताहरुलाई सम्झाई–बुझाई गरेर फर्काएको दाबी गर्नुभएको छ ।
उहाँले भूकम्पले थलिएको मुलुकमा लामो समयसम्मको नाकाबन्दीले अझ अप्ठेरो स्थिति उत्पन्न भएको भए तापनि केही समयमै नाकाबन्दी हटेर सहजता आउने दाबी गर्नुभयो ।”
![]() |

Post a Comment