![]() |
खासगरी राज्य पुनर्संरचनाका सन्दर्भमा आन्दोलनरत तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चा र अन्य राजनीतिक समुदायसँग भएको सहमति एक–आपसमा बाझिएको छ । लोकतान्त्रिक मधेसी मोर्चासँग भएको सम्झौतासँग परस्पर रूपमा बाझिने गरी सरकारले थारू, लिम्बू, अखण्ड सुदूरपश्चिम, राना–थारू, मिथिलालगायतका दर्जन समुदायसँग सहमति गरेको छ । मधेसी मोर्चासँग स्वायत्त मधेस प्रदेशमा सहमति गरेको सरकारी वार्ता टोलीले थारूसँग तराईमा तीनवटा प्रदेश बनाउने सहमति गरेको थियो । त्यस्तै, चौधरी थारूसँग असहमत हुँदै आएका राना–थारूसँग सरकारले अर्को सहमति गरेको छ ।
सरकारले मिथिला प्रदेश छुट्टै बनाउन सहमति गरेको छ, तर त्यही क्षेत्रमा मधेसीको एक प्रदेशको मागमा सहमति गरिएको छ भने थारूलाई सिम्रौनगढ प्रदेश बनाउने सहमति पनि गरेको छ । त्यसैगरी, विभिन्न आदिवासी जनजातिले क्षेत्री समुदायलाई आदिवासी जनजाति स्वीकार गर्दैनन्, तर सरकारले क्षेत्रीलाई जनजातिमा सूचीकृत गर्न सहमति जनाएको अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।
![]() |
Post a Comment