रसुवा— प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीको विकल्पमा उत्तरतर्फ नाका खोल्ने काम थालिएको बताएका छन्। रसुवाको धुन्चेमा नेकपा एमाले रसुवाको ८ औं अधिवेशनको गर्ने आएका प्रधानमन्त्री ओलीले नाकाबन्दीका विकल्पमा उत्तरतर्फ व्यवस्थित नाका खोल्ने पक्रिया शुरु भएको बताए।

'एकातिर राजस्व नउठ्ने अर्कोतिर भन्सारमा नाकाबन्दी हुने अवस्थाले देश गम्भीर अवस्थामा गुज्रिरहेको छ, प्रधानमन्त्री ओलीले भने, 'तीन महिनादेखि देश ठप्प भएको अवस्था र कारोबार नचलेको अवस्थामा छ।'

उनले राजनीतिको नाममा भइरहेको हिंसाले जनताले दु:ख भोग्नु परेको बताए। 'जनताले धेर्य संयमित भएर बस्नु भएकोमा छ यो जनताले पाएको समस्यामा म दु:खी छु', उनले भने। मधेशमा भइरहेको हिंसात्मक क्रियाकलापबाट समस्या समाधान नहुने भन्दै उनले कानुनी बाटोबाट मात्रै देश अगाडि बढ्ने बताए। सहमति र सहकार्यबाट देश चल्नुको विकल्प नभएको बताए।

उनले एक वर्ष भित्र लोडसेडिङ मुक्त गर्ने र देशलाई अग्रगामि दिशामा अगाडि बढाउने दिशामा अगाडी बढेको र सो सम्भब रहेको बताए। तत्काल केरुङ नाका खुलाउने काम गरेको र अब दुई वर्षभित्र केरुङ बेत्रावती गल्छी दुई लेन पक्कि सडक बाटो बनाउने पक्रिया शुरु भएको बताए।

भुकम्प पीडितका लागि दुई लाख रुपयाँ दिने भनिएकोमा अब सामुहिक जमानीमा तीन लाख रुपयाँ दिने निर्णय सरकारले गरेको बताए। त्यस्तै प्रधानमन्त्री ओलीले टिमुरे र बेत्रावतीमा सुख्खा बन्दरगाहा बन्ने बताए।


Post a Comment

 
Top