ताजाखबर, २५ मंसिर । भनिन्छ प्रेम र जिवन एक अर्काका परिपूरक हुन् । जिवन छ त प्रेम छ, प्रेम विनाको जिवनको के अर्थ रु पक्कै पनि माया बिनाको मान्छे अधुरो हुन्छ । अपुरो हुन्छ । प्रेम अर्थात माया एउटा शक्ति पनि जसको सहयोगले संसार हल्लाउन सक्छ ।

तर, कहिलेकाँही यही माया बैमानी बनी टाढा भइदिँदा कुन प्रेमीको मन नरोला अनी कस्को आत्मा नजल्ला रु यि र यस्तै कुरा गर्छन् पविन राई ।

आफ्नी प्रेमिकालाई दिन आफूसँग अब केही नभएको गुनासो गर्दै भन्छन् माया दिएर रित्तिन्न, नदिएर बढ्दैन । उनले आफ्नो भावना माथि खेलवाड नर्गन समेत ति युवतीलाई चेतावनी समेत दिन पछि पर्दैनन् ।

जुन कुरा राईको वास्तविक जीवनमा नभएर के छ र माया बोलको म्यूजिक भिडियोको हो । जसमा राईको स्वर रहेको छ । शब्द र संगीत सनी सुनमको रहेको भिडियोको निर्देशन शैलेन्द्र खोखालीले गरेका छन् ।



Post a Comment

 
Top