१९ मंसिर, काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा.विजय पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्की व्यक्तिगत प्रतिशोधको तहमा उत्रिन थालेको आरोप लगाएका छन् ।
Bijaya-Poudelबिनाकारण आफूलाई अख्तियारले बयानका लागि बोलाएको भन्दै पौडेलले यसमा लोकमानको व्यक्तिगत रीसइबी हुन सक्ने बताए । ‘म मन्त्री नभएको र कुनै सरकारी लाभको पद धारणसमेत नगरेको व्यक्तिलाई अख्तियारले बयानका लागि बोलाउनुपर्ने अरु कुनै कारण छैन’ पौडेलले अनलाइनखबरसँग भने ।
पहिलो संविधानसभामा सांसद रहेका पौडेलले हालसम्म अन्य कुनै सरकारी पद धारण गरेका छैनन् । अख्तियारले उनलाई शुक्रबार पत्र पठाउँदै एक साताभित्र उपस्थित हुन भनेको थियो ।
पौडेलले अख्तियार राज्यको संवैधानिक निकाय भएकाले आफू त्यहाँ जाने बताए । तर, त्यसअघि पार्टी नेतृत्वसँग छलफल गर्ने उनले जानकारी दिए ।
पौडेलले भने- लोकमानलाई अख्तियार प्रमुख बनाउनुहुँदैन भन्ने नागरिक आवाजको नेतृत्व गर्ने टीममा म पनि थिएँ । उनले मौका हेरेर बसेका थिए, अहिले भारतको बिरोध गरेका बेलामा अप्ठेरो पार्न खोजेका हुन सक्छन् ।
विहीबारको मितिमा अख्तियारले लेखेको पत्रमा पौडेललाई अनुसन्धानका क्रममा केही कुरा बुझ्नुपर्ने भएकाले उपस्थिति हुन भनिएको छ । के विषयमा बुझ्नुपर्ने समेत पत्रमा उल्लेख छैन । पत्रमा एसपी भरतराज उप्रोतीले हस्ताक्षर गरेका छन् ।
letter
राजतन्त्र पक्षधर भएकाले कार्कीलाई अख्तियार प्रमुख बनाउन हुँदैन भनेर एमालेका युवा नेताहरुले दबाव दिँदा पौडेल पनि त्यसमा सामेल थिए । उनी एमालेका पुराना नेता मोदनाथ प्रश्रतिका छोरा हुन् ।
अहिले आफूले भारतीय नाकाबन्दीको बिरोधमा अभियान चलाइरहेका बेला लोकमानले बदला लिन खोजेको पौडेलको दाबी छ । ‘लोकमानलाई कसको दबावमा अख्तियार प्रमुख बनाइयो ?
र, उनी कसका लागि काम गर्छन् भन्ने सबै प्रष्ट छ, तर म उनका नाजायज दबाव अगाडि झुक्दिँन’ पौडेलले भने ।
विगतमा लोकमानको नियुक्तिको विरोध गर्नेहरुलाई उनले बिभिन्न बाहानामा एकपछि अर्को गरी व्यक्तिगत प्रतिशोध लिने तयारी गरिरहेको सूचना आफूहरुले पाएको पौडेलले बताए ।

Post a Comment

 
Top