![]() |
राष्ट्रिय संगित कर्मी संघको आयोनामा कलाकार दुलालले दूतावास माथिको अाकासमा काग भेला पारेका हुन्। दूतावास गेटमा दुलालले कागको स्वर निकालेर हो–हल्ला मच्चाए अाकासमा काग जुटेर उनको हो मा हो मिलाए। त्यो दृश्य हेर्न र विरोधमा एेक्यबद्धता जनाउन दूतावास अगाडी उल्लेख्य भिड जुटेको थियो।
सय भन्दा बढी भिन्नभिन्न आवाज निकाल्ने कला भएका कलाकार दुलालले काठमाडौंको लैनचौर स्थित दूतावास माथिको अाकासमा २ मिनटसम्म काग भेला पारेर अनाैठो विरोध प्रदर्शन गरेका थिए। उनले भारतसामू नेपाली मात्रै हैन नेपालका काग पनि झुक्न मन्जुर नभएको भन्दै यसरी विरोधमा उत्रिएका भनि अर्थ्याए।
![]() |
Post a Comment