![]() |
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठी र नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई चीन सरकारको निमन्त्रणामा चीन पुगेका हुन्।निगमका अनुसार ती दुवै जना अधिकारी बिहीबार नै चीनको बेइजिस्थित नेपाली दूतावासमार्फत त्यहाँ पुगेका हुन्।
नेपाली टोली चीनको छिङघाई प्रान्त पुगेको हो। बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर निर्मलराज काफ्लेले मंसिर २१ गते वाणिज्य तथा परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै छिङघाई प्रान्तस्थित सरकारी स्वामित्वको रिफाइनरी प्लान्टबाट इन्धन खरिद गर्ने सम्भावना भएकाले डिसेम्बर ८ देखि १२ सम्ममा छिङघाई भ्रमणमा आउन पत्राचार गरेको थियो।
सोही पत्राचारको आधारमा वाणिज्य मन्त्रालय र निगमका अधिकारी छिङघाई पुगेका हुन्। नेपाललाई सोही प्लान्टमार्फत इन्धन दिन सक्ने सम्भावना भएकाले खरिद र बाटोसम्बन्धी सम्भाव्यता अध्ययन गर्न नेपाली टोली छिङघाई पुगेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।
निगमका अनुसार इन्धनको कर र मूल्यको विषयमा टुंगोमा पुग्न ढिलाइ भइरहेकाले नेपाली टोली पेट्रो चाइना बाहेक विकल्पका लागि चीनको निजी क्षेत्रका व्यवसायीसँग पनि छलफल गर्नेछन्। यसअघि पनि गृहकार्य, कर र मूल्य निर्धारणसम्बन्धमा आवश्यक छलफल गर्न भन्दै मन्त्रालयलले निगमको दुई सदस्यीय प्राविधिक टोली चीन पठाएको थियो।
मन्त्रालयले निमित्त कार्यकारी निर्देशक भट्टराईसहित कार्यकारी निर्देशक दीपक बराललाई चीन पठाएको थियो। ती दुवै जनाले कर र मूल्यको बारेमा चिनियाँ पक्षसँग छलफल गरेपनि पेट्रो चाइनाका अधिकारीले कर र मूल्य निर्धारणसम्बन्धमा सरकारको उच्च स्तरबाट छलफलको माध्यमबाट मात्र टुंगो लाग्ने बताएका थिए।
पेट्रो चाइनाका अधिकारीले छलफलको क्रममा ल्हासामा बिक्री गर्ने करसहितको खुद्रा मूल्य नेपाली प्राविधिक टोलीलाई उपलब्ध गराएको थियो। उपलब्ध गराएको मूल्य सूचीअनुसार करसहित राजधानीमा प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८० र डिजेलको मूल्य एक सय ५५ रुपैयाँ प्रतिलिटर पर्न आउँछ। (पेट्रो चाइनाले उपलब्ध गरायो इन्धनको मूल्य)
कर बाहेक भने केरुङमा पेट्रोल ८८ रुपैयाँ र डिजेल ८४ रुपैयाँ प्रतिलिटरमा उपलब्ध हुन सक्छ। नेपाली टोलीले इन्धनको अन्तर्राष्ट्रिय मूल्य सूची, कर छुट र कर छुटका विषयमा चिनियाँ अधिकारीसँग छलफल गरेको थियो। तर चीनियाँ पक्षले 'आफूहरू तल्लो निकाय'को भन्दै त्यस्तो सूचीको बारेमा तयारी नगरेको र उपलब्ध पनि गराउन नसक्ने बताएको थियो।
पछिल्लो टोलीसहित नेपाली पक्ष तीन पटकसम्म इन्धन खरिदका विषयलाई लिएर चीन पुगे पनि इन्धन खरिद गर्ने प्रक्रिया अघि बढेको छैन। थापकोट डिपो प्रमुख शर्मा पक्राउ पेट्रोलियम पदार्थमा अनियमिता गरेको आरोपमा नेपाल प्रहरीले नेपाल आयल निगमको थानकोट डिपो प्रमुख रविन शर्मालाई आइतबार पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शर्मालाई थानको डिपोबाटै पक्राउ गरेको हो।महाशाखा प्रवक्त एसपी सहदेव थापाका अनुसार पेट्रोलिय पदार्थमा अनिमिता सम्बन्धी अनुसन्धान गर्दा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
महाशाखाले यस अघि उपत्यकाका एक दर्जनभन्दा बढी पम्पमा छापा मार्दा अधिकांश पम्पले अनियमित तवरले इन्धन वितरण गरेको थाहा पाएको थियो।
![]() |
Post a Comment