चितवनको माडीमा मगर समुदायले होमस्टेको सुरुवात गरेका छन् । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको अगुवाईमा माडीको शिवद्वारमा मगर होमस्टे सुरु गरिएको हो । माडी नगरपालिका ११ अयोध्यापुरीमा सञ्चालनमा ल्याईएको होम स्टेको एक समारोहका साथ वन तथा भू संरक्षण मन्त्री अग्नी सापकोटाले उद्घाटन गरेका छन् । चितवनमा सञ्चालित होम स्टे मध्य मगर समुदायको यो पहिलो होम स्टे हो । -

Post a Comment

 
Top