चिरञ्जिबी घिमिरे / दमक, २८ मंसिर – संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष खगेन्द्र माखिमले संस्थापन पक्षका अध्यक्ष कुमार लिङ्देनले पार्टी एकिकरण पछि पार्टीको बैठक नै नबोलाएर पार्टीलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनु भएको छ ।
सोमबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष माखिमले यस्तो अाराेप लगाउनुभउकाे हाे ।  उहाँले अध्यक्षलाई पटक–पटक बैठक बोलाउन आग्रह गरेपनि नमानेको अरोप लगाउनु भयो । झापा मोरङ्ग सुनसरी टुक्राउन मधेशी दलहरु संग लिङ्देन लागि सकेको बताउदै उहाँले आफुहरु किमार्थ यी तिन जिल्लालाई टुक्राउन नदिने बताउनु भयो ।
अध्यक्ष आफ्नो नैतिक जिम्बेवारीबाट पछि हटेको समेत आरोप लगाउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी फुटको संगारमा पुगेको भन्ने हल्ला मात्र भएको बताउनु भयो । यसैबीच पार्टीले गर्दै आएको आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । अरुण पुर्वका नौ जिल्लामा हिजो बाट आव्हान गरेको अनिश्चितकालिन चक्काजामलाई स्थगित गर्दै उसले आन्दोलनको स्वरुप परिर्वतन गरेको जनाएको छ ।
परिवर्तित आन्दोलन अन्तरगत लिम्बुवानी क्षेत्रका सरकारी कार्यालयमा तथा सवारी साधनमा लिम्बुवान लेख्ने, लिम्वुवानको पकड क्षेत्रमा अन्र्तक्रिया कार्यक्रम गर्ने र लाठि सहितको जुलुष निकाल्ने कार्यक्रम रहेको  पार्टीका सचिव देउ कुमार नेम्बाङ्गले जानकारी दिनु भयो ।


Post a Comment

 
Top