नवलपरासी, २५ मङ्सिर-
नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताउनुभएको छ ।

तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उहाँले भन्नुभयो – “अहिले एन्फाका गणेश थापाको जस्तो अनुसन्धान पूर्वाग्रही छ कि भन्ने हो ।” अख्तियारले थापालाई भ्रष्टाचारी ठहर नगरेको अवस्थामा फिफाले उनको भ्रष्टाचारलाई ठहर गरेको छ ।

आज एमाले नवलपरासी क्षेत्र नं २ को प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले जुन औलामा बिष लागेको छ त्यही औँला मात्र झर्ने भएकाले अख्तियारको अनुसन्धानबाट तर्सन नपर्ने उल्लेख गर्नु भयो ।

मधेसको नाममा उत्पीडित र शोषित वर्ग अन्यायमा परेकाले अब उत्पीडित र शोषित वर्गको पक्षमा एमालेले कार्यक्रम लिएर बस्तीबस्ती पुग्ने बेला आएको ज्ञवालीले बताउनुभयो ।



Post a Comment

 
Top