काठमाडौँ, २५ मङ्सिर-
भारतले अघोषितरुपमा जारी राखेको नाकाबन्दीको विरोधमा व्यवस्थापिका–संसद्मा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले सो प्रस्ताव आज संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।

भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको उल्लेख गर्दै सांसदले नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।

उहाँहरुले सचिवालयमा दर्ता गराउनुभएको सो प्रस्तावलाई अविलम्ब सदनको कार्यसूचीमा समावेश गरी पारित गराउनसमेत आग्रह गर्नुभएको छ ।


Post a Comment

 
Top