Home
»
»Unlabelled
» सशस्त्रका तिन महानिरीक्षकसंग भ्रस्टाचारको आरोप सशस्त्र प्रहरीका तीन जना पूर्व महानिरीक्षकसँग भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटी माग गरेको छ। पूर्व आइजिपि सनत कुमार वस्नेतसँग ८ करोड, शैलेन्द्र कुमार श्रेष्ठसँग १ करोड र वासुदेव ओलीसँग ७० लाख धरौटी माग गरेको हो। सशस्त्र प्रहरीको बन्दोवस्तिको सामान खरिदमा नक्कलि विल बनाएर भ्रष्ट्राचार गरेको आरोपमा उनिहरुसँग अख्तियारले आइतबार बयान लिएको थियो। साँझ ७:३० बजे सम्ममा धरौटी रकम बुझाउन भनिएको अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले बताए। '७:३० बजे सम्म धरौटी नवुझाएमा उहाँहरु थुनामा बस्नु पर्ने हुन्छ', पुस्करले भने। यस अघि सशस्त्रका वहालवला महानिरीक्षक कोषराज वन्त १० करोड धरौटी बुझाएर छुटेका थिए। -
Subscribe to:
Post Comments (Atom)
Post a Comment