Home
»
»Unlabelled
» १५ पुस, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणमा इन्धन आपूर्तिबारे कुनै सम्झौता नभएपछि धेरैले भ्रमण सफल नभएको दाबी गरे । तर, थापाको भ्रमण असफल भयो भन्ने दाबी परराष्ट्र मन्त्रालयका अधिकारीहरु मान्न तयार छैनन् । तर, उच्चस्तरीय भ्रमणमा महत्वपूर्ण सम्झौता गर्ने तयारी भइरहेको स्रोतहरुले बताएको छ । र, चीनले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणले गरुन् भन्ने चाहेको छ । चीनको हाइनान प्रान्तमा आगामी मार्च २२ देखि २५ (चैत ९ देेखि १२) सम्म बोआओ सम्मेलन हुुँदैछ । वर्ल्ड इकोनोमिक फोरमको विकल्पका रुपमा चीनले अघि सारेको यो फोरममा गत वर्ष नेपालका तर्फबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादव आफैं गएका थिए । स्रोतका अनुसार चीनले योपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउन चाहेको छ । र, ओलीको यो भ्रमणका क्रममा इन्धनका साथै व्यापार तथा पारवहनलगायतको सम्झौता गर्ने चयारी छ । स्रोतले भन्यो, चीनले उच्चस्तरमा नै सम्झौता गर्न चाहेको छ र त्यसअनुसार गृहकार्य पनि गरेको छ । अब हामीले त्यस अनुसार तयारी गर्न सक्नुपर्छ ।’ चीनको पाँच दिने भ्रमण गरेर फर्किएका उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले पनि ‘दीर्घकालीन सहकार्यको फ्रेमवर्क’बनेको र त्यो प्रधानमन्त्रीको भ्रमणमा कार्यान्वयन हुने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरलाई दिएको अन्तरवार्तामा पनि चीनमा उच्चस्तरीय टोली पठाउन ढीला भएको र अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको भ्रमणपछि सकारात्मक वातावरण बनेको बताएका छन् । श्रेष्ठ भन्छन् – केहीसमयभित्र नेपाल र चीनबीच केही ऐतिहासिक सम्झौताहरु हुने र इन्धन आपूर्तिको विषयमा पनि सहजीकरणसहित एउटा निष्कर्षमा पुग्न सकिने आशा गर्न सकिन्छ ।’
Subscribe to:
Post Comments (Atom)
Post a Comment