मंसिर १८, २०७२- मधेसी मोर्चाका नेताहरुले आज बेलुकी ५ बजे हुने भनिएको वार्ताबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् । समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले साँझ ५ वार्ता भनि मिडियामा आएको समाचारले आफू अचम्मित भएको कान्तिपुरलाई बताए ।

'गफै गर्ने भए अर्कै कुरा, तर औपचारिक वार्ताबारे अहिलेसम्म कुनै खबर आएको छैन,' यादवले भने, 'हामीसँग सल्लाह नगरी ५ बजे वार्ता गर्ने भन्ने कुरा प्रोपोगान्डा मात्रै हो ।'

तमलोपा अध्यक्ष महन्थ ठाकुर निकट स्रोतले पनि वार्ताबारे अनभिज्ञता दर्सायो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भने ट्विट गर्दै आज साँझ ५ बजे सत्तापक्ष, प्रमुख प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता हुने बताएका छन् । उनको ट्विटमा भनिएको थियो, 'त्यसअघि प्रमुख तीन दलको बैठक बस्ने छ ।'




Post a Comment

 
Top