![]() |
ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले स्थापना गरेको यो अवार्ड पाउने दनुवार पहिलो नेपाली बन्न सफल भइन । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा विहीबार ताइवानको ताइपेइमा गरिएको समारोहमा दनुवारलाई अवार्ड प्रदान गरिएको हो ।
एक लाख अमेरिकी डलर राशीको यो अवार्ड मानव बेचविखनविरुद्ध र मानव अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष प्रदान गरिने अन्तर्राष्ट्रिय सम्मान हो ।
नेपालमा मानव बेचविखन विरुद्ध निरन्तर गरेको संघर्ष, शक्ति समूहको सफलता र बेचविखनविरुद्ध निरन्तर काम गर्न प्रेरणाका लागि उनलाई अवार्ड दिइएको संस्थाले जनाएको छ ।
![]() |
Post a Comment