काठमाडौं, २५ मंसिर । विश्वकै शक्तिशाली राष्ट्र मानिएको संयुक्त राज्य अमेरिकाले भारतको मजाक उडाएको छ ।
नेपालमाथि नाकाबन्दी लगाइरहेको भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको अलोचना गर्दै अमेरिकाको चर्चित पत्रिकाले मजाक उडाएको भारतकै सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको चर्चित पत्रिका न्यूयोर्क टाइम्सले जलवायु सम्मेलनमा भारतको नीतिमाथि टिप्पणी गर्दै अलोचनात्मक कार्टून छापेर मजाक उडाएको हो । कार्टूनमा भारतलाई जून तरिकाले देखाइएको छ त्यो व्यंग्यात्मक भन्दा पनि आपत्तिजनक रहेको भारतीय सञ्चारमाध्यमको टिप्पणी छ ।
हाल फ्रान्सको पेरिसमा जारी विश्व जलवायु सम्मेलनमा ‘विकसित देश, जसको यहाँ प्रतिव्यक्ति कार्बन उत्सर्जनको दुस्प्रभाव धेरै छ, उनीहरुले धेरैभन्दा धेरै उत्सर्जन कटौती गर्नुपर्छ । जसले विकासशील देशमा असर नपरोस ।’ भन्ने भारतको नीति रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिस जलवायु सम्मेलनमा दिएको भाषणमा भनेका थिए- भारत विकासशील देश हो र हामीलाई विकासको मौका दिनुस् । तर, विकसित देश भारतलाई राहत दिन तयार छैनन् । तर, अमेरिका भन्छ- भारतको नीतिले जलवायु सम्मेलनमा ठोस सम्झौता हुने देखिन्न् ।

न्यूयोर्क टाइम्समा छापिएको कार्टूनमा भारतलाई एक हात्तिका रुपमा देखाइएको छ, जो पेरिस जलवायु सम्मेलनको रेल अगाडी रल्वेसडकमा अडेर बसेको छ । कार्टूनको शीर्षक छ- पेरिस जलवायु सम्मेलनमा भारत । कार्टूनमा जो रेल देखाइएको छ, त्यसमा कोइलाको इञ्जन लगाइएको छ अर्थात यो कार्बन उत्सर्जनको प्रतीक हो ।
कार्टूनले भारत आफू कोइलाबाट कार्बन बढाउने र अरुलाई उत्सर्जन गर्ने अडान राख्ने भनेर अलोचना गरेको छ । कार्टूनको मुख्य सन्देश भनेको कार्बन उत्सजर्नका लागि भारत पनि जिम्मेवार छ ।
न्यूयोर्क टाइम्सले यसअघि पनि काटूनबाटै अमेरिकाको आलोचना गरेको थियो


Post a Comment

 
Top