मेक्सिको, २८ मङ्सिर-
ल्याटिन अमेरिकाको विभिन्न राज्यबाट यौन तथा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा ६० जना बालबालिकालाई पक्राउ गरिएको मेक्सिकोका सुरक्षा अधिकारीले बताएका छन् ।

सुरक्षाकर्मी र फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआइ) ले अर्जेन्टिना, चिली र मेक्सिकोमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको मेक्सिकोको नेसनल सेक्युरिटी कमिशन (सिएनएस) ले आइतबार जारी गरेको वक्तव्यमा जनाइएको छ ।

पक्राउपर्ने बालबालिका ९ वर्षदेखि १५ वर्ष उमेर समूहका रहेको सिएनएसले बताएको छ ।

बालबालिकालाई उनीहरुका आफन्त तथा छिमेकीले अश्लिल यौनधन्दा गर्न तथा यौन दृश्यचित्र बनाउन प्रयोग गरेको वक्तव्यमा जनाइएको छ ।

पक्राउ पर्नेमध्ये आठ जनालाई मेक्सिको सहरबाट र बाँकी अरुलाई ब्राजिल, कोलम्बिया, कोष्टारिका, स्पेनलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको थियो । एएफपी



Post a Comment

 
Top